दफा १९
मूल ऐनमादफा २८क. थपः

मूल ऐनको दफा २८ पछि देहायको दफा २८क. थपिएको छः–

“२८क.धितोपत्रको प्राइभेट हस्तान्तरण वा वाँडफाँडः–(१) दफा २३ र २८ को सर्वसामान्यतामा प्रतिकूलअसरनपर्ने गरी कुनै कम्पनीले यस दफाको अधिनमा रही प्राइभेट हस्तान्तरण (प्राइभेट प्लेसमेण्ट) सम्बन्धी प्रस्ताव गरी आफ्नो धितोपत्रप्राइभेट हस्तान्तरण वा बाँडफाँड गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राइभेट हस्तान्तरण प्रस्ताव मार्फत धितोपत्र खरिदको लागि अनुरोध गर्दा कुनै कम्पनीले एक आर्थिक बर्षमा बढीमा पचासजनासम्मलगानीकर्तालाई कम्तिमा दफा ५० बमोजिम आधारभूतशेयर धनीको हैसियत कायम हुन सक्नेगरी तोकिए बमोजिमको शर्त रप्रकृया बमोजिमशेयरबाँडफाँडगर्न अनुरोध गर्न सक्नेछ ।

(३) कम्पनीकोउद्देश्यपूरा गर्न कुनै कारोबार वा व्यवसायमा रणनैतिक साझेदारको रुपमा लगानी गर्न चाहने कुनै लगानीकर्ता वा संस्थागत लगानीकर्तासँग भएको सम्झौता बमोजिम धितोपत्र बिक्री बाँडफाँड गर्दा यस दफा बमोजिम बिक्री बाँडफाँड गर्न सकिनेछ ।

(४) यस दफा बमोजिम खरिद भएका धितोपत्र वापतको चुक्ता रकम चेक, डिमाण्ड ड्राफ्ट वा बैङ्किङ प्रणाली मार्फत भुक्तानी गर्नु पर्नेछ र त्यस्तो रकम छुट्टै बैंक खातामा जम्मा गर्नु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको जम्मा भएकोरकम धितोपत्रको बाँडफाँड भएकोमा सो वापतको रकम चुक्ता गर्न तथा धितोपत्रको बाँडफाँड हुन नसकेमा धितोपत्र खरिदका लागि जम्मा गरेको रकम निवेदकलगानीकर्तालाई फिर्ता गर्ने काममा प्रयोग गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम धितोपत्र खरिदका लागि अनुरोध पत्र पठाइएका लगानीकर्ताको नाम र तोकिए बमोजिमको विवरण कम्पनीले तयार गरी त्यस्तो पत्र वितरण गरेको मितिले तीस दिनभित्रकार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

(७) यस दफा बमोजिम शेयर खरिदको लागि पठाइएको पत्रमा तोकिए बमोजिमको विवरण खुलाइएको हुनु पर्नेछ र त्यस्तो पत्र वा विवरण सार्वजनिक रुपमा प्रकाशन वा वितरण गर्न सकिने छैन ।

(८) यस दफा बमोजिमधितोपत्र खरिदको लागि अनुरोध पत्र पठाएकोमा त्यस्तो अनुरोध पत्र बमोजिम धितोपत्र खरिदको लागि रकम प्राप्त भएको साठी दिनभित्र धितोपत्र बाँडफाँड गर्नु पर्नेछ र त्यसअवधिभित्र धितोपत्र बाँडफाँड गर्न नसकेमा वा बाँडफाँड भएको धितोपत्रको मूल्यभन्दा बढीभएको रकम साठी दिन पुराभएको पन्ध्र दिनभित्र निवेदकलगानीकर्तालाई फिर्ता गर्नु पर्नेछ र सो अवधिभित्र फिर्ता नगरेमा वार्षिक बा¥हप्रतिशतका दरले हुने ब्याज सहित त्यस्तोरकम निवेदकलाई फिर्ता गर्नु पर्नेछ ।
(९) यस दफा बमोजिम शेयर विक्री बाँडफाँड भएकोमा त्यसको विवरण सहित धितोपत्र धनीहरुको तोकिए बमोजिमको विवरण त्यसरीबाँडफाँड भएको तीस दिनभित्र कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

(१०) यस दफा बमोजिम पुरा गर्नुपर्ने प्रकृया पुरा नगरी गरिएको कुनै पनि निष्काशन,विक्री, वितरण वा वाँडफाँडलाई धितोपत्रको सार्वजनिक निष्काशन भएको मानिनेछ र त्यसरी हुनेनिष्काशन धितोपत्र कारोवार सम्बन्धी प्रचलित कानून बमोजिम गर्नु पर्नेछ ।

(११) यस दफाको उल्लंघन गरी धितोपत्र विक्री बाँडफाँड गर्ने कम्पनीको संस्थापक र सञ्चालकलाई त्यस्तो विक्री बाँडफाँड भएको रकम बराबर जरिवाना हुनेछ र त्यस्तो कम्पनीले धितोपत्र खरिदकर्ताको पूरा रकम फिर्ता गर्नु पर्नेछ ।

(१२) कम्पनीले उपदफा (११) बमोजिम रकम फिर्ता गर्न नसकेमा कम्पनीको संस्थापक वा संचालकले त्यस्तो रकम ब्यक्तिगत रुपमा व्यहोर्नु पर्नेछ ।

(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनी संस्थापना हुँदाकाबखत सार्वजनिक निष्काशनका लागि छुट्टयाएको शेयर यस दफा बमोजिम प्राइभेट हस्तान्तरण वा निष्काशन गर्न सकिने छैन ।